Comments Add Comment

अस्ट्रेलियामा एस्ट्राजेनेकाको खोपलाई अनुमति, खोप कार्यक्रम अर्को साताबाट

४ फागुन, काठमाडौं । अस्ट्रेलियाको मेडिकल नियामकले मंगलबार अक्सफोर्ड युनिभर्सिटी र एस्ट्राजेनेकाले संयुक्तरुपमा विकास गरेको कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोपलाई अनुमति दिएको छ । अस्ट्रेलियाले आगामी सातादेखि कोरोना खोप कार्यक्रम सुरु गर्ने योजना तय गरेको छ ।

अस्ट्रेलियाको सरकारले मुलुकको सबै जनसंख्यालाई पुग्ने कोरोना खोप सुनिश्चित गरिसकेको छ । जसमध्ये अधिकांश खोप अस्ट्रेलियामा नै बनेका छन् । अस्ट्रेलियाको जनसंख्या दुई करोड ५० लाख छ । अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मौरिसनले अस्ट्रेलियासँग अहिले सुरक्षित र प्रधावकारी खोप रहेको बताएका छन् । अस्ट्रेलियाले यसअघि नै फाइजर र बायोएनटेकले विकास गरेको कोरोना खोपलाई अनुमति दिइसकेको छ । सोमबार उक्त कम्पनीको खोपको पहिलो खेप अस्ट्रेलिया आइपुगेको थियो । फेब्रुअरी २२ देखि अस्ट्रेलियामा कोरोना खोप कार्यक्रम सुरु हुँदैछ ।

यसअघि नै अमेरिका र बेलायतले यो खोपलाई अनुमति दिइसकेको भए पनि अस्ट्रेलियाले भने पूर्ण परीक्षण नसकिँदासम्म खोपलाई अनुमति दिन हतार नगरेको हो । अहिले अस्ट्रेलियाको भिक्टोरियामा लकडाउन जारी छ । लकडाउनले मुलुकमा अहिले काम गरिरहेको भिक्टोरियाका प्रिमियर ड्यानिअल एन्ड्र्युजले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment