Comments Add Comment

पाइपलाइनमा साम्राज्ञीका २ फिल्म, तर छायांकनको टुंगो छैन

नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहले १ बर्ष भन्दा लामो ग्यापपछि चलचित्र ‘तिम्रो मेरो साथ’मा काम गरिन् । चलचित्र ‘रातो टिका निधारमा’ असफल भएपछि साम्राज्ञीले नयाँ चलचित्रमा काम गरेकी थिइनन् । बरु, यो अवधीमा उनी विवादमा भने धेरै परिन् ।

चलचित्र ‘तिम्रो मेरो साथ’ साइन गर्नु अगाडि नै साम्राज्ञीले २ चलचित्र साइन गरेकी थिइन् । उनले प्रवेश पौडेलको निर्देशनमा बन्ने चलचित्र र मिलन चाम्सको निर्देशनमा बन्ने चलचित्र साइन गरिसकेकी थिइन् ।

तर, यतिबेला भने दुई चलचित्र नै कहिले बन्छन् भन्ने पत्तो छैन । किनकी, प्रवेश पौडेल नयाँ चलचित्र ‘बिहे पास’को छायांकन गर्ने तयारीमा छिन् । यसैले पनि प्रवेशले साम्राज्ञीसँगको चलचित्र कहिलेबाट सुरु गर्छन् पत्तो छैन । वुझिएअनुसार, चलचित्र ‘बिहे पास’लाई पोष्ट प्रोडक्शनमा राखेर प्रवेश साम्राज्ञीसँगको चलचित्र सुरु गर्ने सोचमा छन् । तर, यसका लागि साम्राज्ञीले केही महिना कुर्नुपर्ने हुन्छ ।

निर्देशक मिलन चाम्सले लकडाउनपछि घोषणा गरेका चलचित्रमध्ये कुनैको पनि छायांकन सुरु हुन सकेको छैन । मिलनले ‘गोर्खा वारियर २’ बनाउने तयारी गरेका छन् । यसैले, उनलाई पनि साम्राज्ञीसँगको चलचित्र सुरु गर्न केही समय लाग्ने निश्चित छ ।

‘तिम्रो मेरो साथ’ अघि नै साम्राज्ञीले साइन गरेका चलचित्रको काम पाइपलाइनमा नै अड्किएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment