+
+
WC Series
जनकपुर बोल्ट्स 2025
130/6 (20)
VS
Kathmandu Gorkhas won by 5 wickets
Won काठमान्डु गोर्खाज 2025
131/5 (17.6)
Shares

सडक विस्तारको विरोधमा माइतीघरमा प्रदर्शन

अनलाइनखबर अनलाइनखबर
२०७७ फागुन १७ गते ११:४९

१७ फागुन, काठमाडौं । गैरन्यायिक सडक विस्तारको विरोधमा नागरिक अधिकारकर्मी र पीडितहरुले माइतीघर मण्डलामा प्रदर्शन गरेका छन् ।

वृहत नागरिक आन्दोलन र सडक विस्तार पीडितहरुको सहभागीतामा आज बिहान माइतीघरमा प्रदर्शन भएको हो ।

बालाजु बाइपास, कालिमाटी, लगनखेल–गोदावरी लगायत सडक विस्तारको क्रममा पीडित भएकाहरु प्रदर्शनमा सहभागी छन् । प्रदर्शनमा सहभागीहरुले ‘गैरन्यायिक सडक विस्तार मुर्दावाद’ लगायत नारा लेखिएका प्लेकार्ड बोकेका थिए ।

 

गैरन्यायिक सडक विस्तारको विरोधमा उत्रिँदा पक्राउ परेका नागरिक अभियन्ता सुमन सायमी, विरोचन श्रेष्ठ, भिमदेव श्रेष्ठ, मिन शाही, महेश्वर मानन्धर, सन्जय तामाङ, रुक्षित श्रेष्ठ, दिपेन श्रेष्ठलाई लगायतलाई रिहा गर्न पनि उनीहरुले माग गरेका छन् ।

सडक विस्तारको नाममा नागरिकलाई सडक छाप बनाइएको भन्दै काठमाडौंमा विरोध प्रदर्शन हुँदै आएको छ ।

फोटो : आर्यन धिमाल/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?