+
+
Shares

अफगानिस्तानमा तीन सञ्चारकर्मीकोे गोली हानी हत्या

अनलाइनखबर अनलाइनखबर
२०७७ फागुन १९ गते १२:२०

१९ फागुन, काठमाडौं । अफगानिस्तानको जलालबाद सहरमा टेलिभिजनमा काम गर्ने तीन युवतीको गोली हानी हत्या भएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरेअनुसार १८ देखि २० वर्षका उनीहरुको दुई छुट्टाछुट्टै घटनामा मृत्यु भएको हो । गोली लागी घाइते भएका अर्का एक व्यक्तिको अवस्था गम्भीर छ ।

पछिल्लो समय अफगानिस्तानमा पत्रकार, अधिकारकर्मी र राजनीतिक व्यक्तिहरु आक्रमणको निशानामा पर्न थालेका छन् । अफगानिस्तानको प्रहरीले यो घटनामा संलग्न एक व्यक्तिलाई पक्राउ गरेको छ । उनको सम्बन्ध तालिबानसँग रहेको प्रहरीले बताएको छ । तर, तालिबानले भने यो घटनामा आफ्नो संलग्नता अस्वीकार गरेको छ ।

आक्रमणमा मारिएका युवतीहरु भर्खरै हाइ स्कुल पास गरी एनिकास टीभी स्टेसनमा डबिङ डिपार्टमेन्टमा काम गर्दै आएका थिए । अन्तर्राष्ट्रिय समाचार संस्था एपीका अनुसार उनीहरु सबै कामबाट घर फर्किँदै गर्दा बाटोमा आक्रमण भएको थियो ।

प्रहरीले आक्रमणमा संलग्न अन्य व्यक्तिहरुको खोजी भइरहेको बताएको छ । एक वर्षअघि तालिबानसँग अमेरिकाले शान्ति सम्झौता गरेपछि अफगानिस्तानमा हिंसात्मक आक्रमणमा उल्लेख्य वृद्धि भएको छ । यसअघि गत डिसेम्बरमा एनिकास टीभीका अनुसार गत डिसेम्बरमा पनि उक्त टेलिभिजनमा काम गर्ने एक महिलाको पनि हत्या भएको थियो । उक्त आक्रमणको जिम्मा भने इस्लामिक स्टेट (आईएस)ले लिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?