+
+
Shares

देउवाको अभिव्यक्तिप्रति निगरानी समितिको आपत्ति

अनलाइनखबर अनलाइनखबर
२०७७ फागुन २१ गते १४:४५
फाइल तस्वीर

२१ फागुन, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राजपुर बम विस्फोटमा घाइते भएकाहरुलाई जिउँदै ईंटाभट्टामा जलाएको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका मोहमद आफ्ताव आलमलाई छुटाउन आफू लागि परेको भनेर दिएको अभिव्यक्तिप्रति जवाफदेहिता निगरानी समितिले आपत्ति जनाएको छ ।

जवाफदेहिता निगरानी समितिका संयोजक चरण प्रसाईंले शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै जिम्मेवार पदमा आसिन व्यक्तिको अभिव्यक्तिले मानवअधिकार, विधिको शासन र कानुनी सर्वोच्चतामाथि ठाडो हस्तक्षेप गर्नुका साथै अदालतको गम्भीर अवहेलना गरेको बताएका छन् ।

रौतहटको गढीमाई नगरपालिका–६ धरमपुर, सिंगारवनमा बुधबार विष्णु पुराण महायज्ञको शुभारम्भ गर्दै देउवाले पुरानो झुटो मुद्दामा आलमलाई फसाइएको भन्दै आलमलाई छुटाउन आफूले प्रयास गरिरहेको बताएका थिए ।

जिम्मेवार व्यक्तिहरुका त्यस्ता अभिव्यक्तिहरुले आपराधिक कार्यलाई दुरुत्साहन गर्ने र भविष्यमा पनि अपराधलाई राजनैतिक संरक्षण प्रदान गर्ने प्रष्ट भएको भन्दै त्यस्ता अभिव्यक्तिलाई सामान्य तथा स्वभाविक रुपमा किमार्थ स्विकार्न नसकिने जारी विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिमा भनिएको छ, ‘यस्तो गम्भीर मुद्दामा यस्ता गैरजिम्मेवार अभिव्यक्ति र कार्यले दण्डहिनता थप संस्थागत हुने र पीडितको अधिकारमाथि अवरोध हुने हुँदा मानव अधिकारका आधारभूत मूल्य मान्यता, विधीको शासन र कानूनी सर्वोच्चताको पालना गर्न जवाफदेहिता निगरानी समिति नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा तथा सम्बद्ध पक्षहरुसँग हार्दिक आग्रह गर्दछ ।’

हेर्नुहोस् विज्ञप्ति :

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?