+
+
Shares

आफताब आलमलाई छुटाउन लागिरहन्छु : देउवा

गौतम श्रेष्ठ गौतम श्रेष्ठ
२०७७ फागुन १९ गते १७:१३
फाइल तस्वीर

१९ फागुन, रौतहट । नेपाली कांग्रेसको सभापति शेरबहादुर देउवाले राजपुर बम विस्फोटमा घाइते भएकाहरुलाई जिउँदै इँटा भट्टामा जलाएको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका आफताब आलमको बचाउ गरेका छन् ।

पुरानो झुटो मुद्दामा आलमलाई फसाइएको भन्दै उनले आलमलाई छुटाउन आफूले प्रयास गरिरहेको बताए । गढीमाई नगरपालिका–६ धरमपुर, सिंगारवनमा बुधबार विष्णु पुराण महायज्ञको शुभारम्भ गर्दै देउवाले भने, ‘शेख अफ्ताब जेलमा हुनुहुन्छ, उहाँलाई छुटाउन म आफ्नो तर्फबाट लागिरहन्छु ।’

भोलिका दिन परिस्थिति बदलिन सक्ने भन्दै उनले निर्धक्क भएर बस्न आलमलाई आग्रह गरे ।

के हो घटना ?

२०६४ चैत २८ को संविधानसभा निर्वाचनको अघिल्लो रात राजपुरमा बम विस्फोट भएको थियो । आलमका काका शेख इद्रिसको गोठमा बम बनाउने क्रममा विस्फोट हुँदा घाइते भएकाहरुलाई इँटा भट्टामा जिउँदै जलाएको आरोपमा रौतहट क्षेत्र नम्बर २ का सांसद आलम २६ असोज २०७६ मा पक्राउ परेका थिए ।

उनी पुर्पक्षका लागि थुनामा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?