News Summary
Generated by OK AI. Editorially reviewed.- सहायक रथी राजेन्द्र श्रेष्ठले ३ मंसिरदेखि नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयको निर्देशक र प्रवक्ताको जिम्मेवारी सम्हालेका छन्।
- यसअघि प्रवक्ताको जिम्मेवारी सम्हालेका सहायक रथी राजाराम बस्नेतलाई प्रधानसेनापतिको सैनिक सहायकमा सरुवा गरिएको छ।
- बस्नेतले गत वर्ष असारमा प्रवक्ताको जिम्मेवारी सम्हालेका थिए।
३ मंसिर, काठमाडौं । नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयका निर्देशक एवं प्रवक्ताको जिम्मेवारी सहायक रथी राजेन्द्र श्रेष्ठले सम्हालेका छन् ।
श्रेष्ठले बिहीबार (मंसिर ३) देखि प्रवक्ताको जिम्मेवारी औपचारिक रूपमा सम्हालेका हुन् ।
यसअघि प्रवक्ताको जिम्मेवारीमा रहेका सहायक रथी राजाराम बस्नेत थिए ।
उनलाई प्रधानसेनापतिको सैनिक सहायकमा सरुवा गरिएको छ ।
बस्नेतले गत वर्ष असारमा प्रवक्ताको जिम्मेवारी सम्हालेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4