+
+
Shares

राजदूत पाण्डेले भारतीय राष्ट्रपतिलाई बुझाए ओहदाको प्रमाणपत्र

अनलाइनखबर अनलाइनखबर
२०८३ मंसिर ३ गते १६:०६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • भारतका लागि नेपाली राजदूत डा. निश्चलनाथ पाण्डेले बिहीबार नयाँ दिल्लीमा भारतकी राष्ट्रपति द्रौपदी मुर्मुलाई ओहदाको प्रमाणपत्र बुझाए।
  • प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणको तयारीका क्रममा पाण्डे दुई दिनअघि जिम्मेवारी सम्हाल्न नयाँ दिल्ली पुगेका थिए।
  • प्रधानमन्त्री शाहको भारत भ्रमण आइतबार हुने र दुई दिने भ्रमणपछि सोमबार स्वदेश फर्किनेछ।

३ मंसिर, काठमाडौं । भारतका लागि नेपाली राजदूत  डा. निश्चलनाथ पाण्डेले ओहदाको प्रमाणपत्र बुझाएका छन् । भारतकी राष्ट्रपति द्रौपदी मुर्मुलाई बिहीबार उनले ओहदाको प्रमाणपत्र बुझाएका हुन् ।

प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणको तयारी भइरहेकाले दुई दिन अघि जिम्मेवारी सम्हाल्न पाण्डे नयाँ दिल्ली पुगेका थिए । उनलाई लगत्तै ओहदाको प्रमाणपत्र बुझाउने अवसर मिलेको हो ।

प्रधानमन्त्री शाहको भ्रमण आउँदो आइतबार हुने छ । दुई दिने भ्रमण सकेर प्रधानमन्त्री शाह सोमबार स्वेदश फर्किनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?