+
+
Shares

प्रस्तावित भारतका राजदूतलाई प्रश्न– नेपालको हित विपरित प्रस्ताव आए के निर्णय लिनुहुन्छ ?

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज २६ गते १३:३४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • भारतका लागि प्रस्तावित राजदूत डा. निश्चलनाथ पाण्डेको संसदीय सुनुवाइ जारी छ, जहाँ सांसदहरूले प्रश्न सोधिरहेका छन्।
  • रास्वपा सांसद पुनम कुमारी अग्रवालले भारतमा नेपालको हितविपरीत प्रस्ताव आए के आधारमा निर्णय लिने र लिपुलेक, कालापानी, लिम्पियाधुरा मुद्दा कसरी सुल्झाउने भनेर सोधिन्।
  • अग्रवालले रोहिङ्गा शरणार्थी नेपाल प्रवेश रोक्ने योजनाबारे पनि पाण्डेसँग जवाफ मागिन्।

२६ असोज, काठमाडौं । भारतका लागि प्रस्तावित राजदूत डा. निश्चलनाथ पाण्डेको संसदीय सुनुवाइ जारी छ । सुनुवाइका क्रममा सांसदहरूले उनलाई प्रश्न राखिरहेका छन् ।

रास्वपा सांसद पुनम कुमारी अग्रवालले प्रश्न गरेकी छिन्, ‘भारतमा नेपालको हित विपरित कुनै प्रस्ताव आए के आधारमा निर्णय लिनुहुन्छ ?’

नेपाल र भारतबीच राम्रो सम्बन्ध रहेको भन्दै उनले कतिपय विषय सुल्झिन पर्ने पनि बताइन् ।

उनले थप प्रश्न गरिन्, ‘लिपुलेक, कालापानी, लिम्पियाधुराको इस्युलाई कसरी सर्टआउट (समाधान) गर्नुहुन्छ ?’

रोहिङ्गा शरणार्थी नेपाल प्रवेश गर्ने कुरालाई रोक्ने विषयमा योजना पनि उनले माग गरिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?