Comments Add Comment

नेफ्टा अवार्डका लागि नेपाल आइन् निरुता, विपना पनि सहभागी हुने

शनिबार ‘दशौं नेफ्टा फिल्म अवार्ड’को आयोजना हुँदैछ । चलचित्र क्षेत्रकै प्रतिक्षित अवार्ड भएकाले पनि आम चलचित्रकर्मीले यसलाई चासोका साथ हेरेका छन् । यो अवार्डमा को–को कलाकार सहभागी हुन्छन् र अवार्ड कसले पाउँछ भन्ने पनि धेरैका लागि चासोको बिषय बनेको छ ।

यसैविच, यो अवार्डमा सहभागी हुनका लागि नायिका निरुता सिंह नेपाल आएकी छिन् । नायिका सिंहलाई चलचित्र प्राविधिक संघका अध्यक्ष पुष्कर लामाले स्वागत गरे । चलचित्र ‘दाल भात तरकारी’मा काम गरेपछि यसको प्रचारमा निरुता सहभागी हुन पाएकी थिइनन् । तर, प्राविधिकहरुले गर्न लागेको अवार्डका लागि भने उनले समय छुट्याएकी छिन् ।

अवार्डमा नायिका विपना थापा पनि सहभागी हुने वुझिएको छ । उनी पनि नेपाल आइसकेकी छिन् । अवार्डमा नायक राजेश हमाल पनि सहभागी हुने अध्यक्ष लामाले बताए । अवार्डमा चलचित्र क्षेत्रका नयाँ तथा पुराना कलाकारहरुको विभिन्न प्रस्तुती हुने बताइएको छ ।

ड्रिम हाई नेपाल र चलचित्र प्राविधिक संघको आयोजनामा हुन लागेको अवार्डमा वि.सं २०७५ सालमा रिलिज भएका चलचित्रहरुमध्येबाट उत्कृष्टलाई अवार्ड प्रदान गरिनेछ ।

चलचित्र प्राविधिक संघले यस अगाडिका चार वटा अवार्ड श्रृङख्ला विदेशमा गरेको थियो । यसपटक भने, कोभिडका कारण विदेशमा अवार्ड आयोजना गर्ने वातावरण नबनेकाले नेपालमै गर्न लागिएको हो ।

अवार्डले सुस्ताएको चलचित्र क्षेत्रलाई चलायमान बनाउने विश्वास अध्यक्ष पुष्कर लामाको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment