+
+
Shares

डेढ लाख घुससहित कर अधिकृत पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७७ फागुन २७ गते ७:०३

२७ फागुन, जनकपुरधाम । आन्तरिक राजस्व कार्यालय जनकपुरधामका कर अधिकृत एकजना विचौलियासँगै घुस रकमसहित पक्राउ परेका छन् ।

कर अधिकृत रमेश ढकाल र विचौलिया नवीन कर्णलाई सेवाग्राहीबाट १ लाख ५० हजार रुपैयाँ घुस लिँदै गर्दा पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बर्दिवासले जनाएको छ ।
स्थानीय अन्नपूर्ण होटेलमा बसेर सेवाग्राहीसँग घुस लिँदै गर्दा बुधबार साँझ दुबै जना पक्राउ परेका हुन् ।

दुवै जनाले एकजना डिष्टिलरी उद्योगीसँग कर वापतको रकम मिलाइदिने नाममा घुस लिएको अख्तियारका अधिकारीहरुको भनाइ छ । पक्राउ परेका दुबै जनाबिरुद्ध थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?