Comments Add Comment

टिकटकमा हिट शान्तीश्री र बाबुको ‘चौका दाउ’

विगत केही दिनदेखि एउटा लोकदोहोरी गीत चर्चामा छ । त्यो गीत हो, चौका दाउ । शान्तीश्री परियार र बाबुकृष्ण परियारको स्वर रहेको गीतका हरेक लाइनहरु टिकटकमा भाइरल भइरहेका छन् ।

गीत सार्वजनिक भएको पाँच दिनमा १२ लाख बढी भ्यूज पाएको छ । गीतमा शब्द विजय चन्द दर्पणले लेखेका हुन् भने संगीत बाबुकृष्ण परियारकै छ । गीतमा संगीत संयोजन सुनिल परियारको रहेको छ ।
डान्सिङ विटको गीतको भिडियोमा सुनिल क्षेत्री र गीता ढुंगाना फिचर्ड छन् । भिडियोलाई सुनिलले नै कोरियाग्राफी तथा निर्देशन गरेका हुन् ।

सुनिल गीतले पाएको प्रतिक्रियाबाट खुसी रहेको बताउँछन् । कुनै पनि गीत चल्न शुरुमा शब्द नै राम्रो हुनुपर्ने बताउँदै उनले भने, –‘यसको शब्द र अडियो राम्रो छ । भिडियो राम्रो बनाउनुपर्छ भनेर मिहिनेत गरेका थियौं । बन्दिपुर, दमौलीसम्म पुगेर दुई दिन बढी समय लगाएर छायांकन ग¥यौ । सायद अडियो भिडियो दुवै राम्रो भएको हुनाले श्रोता तथा दर्शकले रुचाउनुभएको हुनसक्छ ।’ भिडियो निर्माणमा झण्डै चार लाख खर्च लागेको सुनिलले बताए ।

उसो त भिडियो सार्वजनिक हुनुअघि गीतका लाइनहरु टिकटकमा चलिसकेको सुनिल बताउँछन् । ‘अहिले त टिकटक गीत प्रमोशनको गतिलो माध्यम बनेको छ । गायिका शान्तीश्री, मोडल गीता र मैले अघिल्लो दिन नै टिकटकमार्फत यो गीतको प्रमोशन शुरु गरेका थियौं । अघिल्लो दिन टिकटक बनाएको लाइनमा अर्को दिनसम्म हजारौंले टिकटक बनाईसक्नुभएको थियो’ सुनिलले भने, –‘टिकटकमा चलेपछि भिडियो कस्तो रहेछ भनेर युट्युबमा हेर्नुहुन्छ । त्यसकारण भिडियोले राम्रो भ्यूज पाउँदै गयो ।’

दिपक गिरीको छायांकन रहेको भिडियोलाई अमृत चापागाँइले सम्पादन गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment