२५ भदौ, सुर्खेत । रुकुम पश्चिमको आठबीसकोट नगरपालिका–६ गलगौडामा पहिरो गएपछि भेरी करिडोरअन्तर्गतको सडकमा यातायात सेवा अवरुद्ध भएको छ ।
पहिरोका कारण सडक अवरुद्ध भए पनि कर्वगाड खोलालगायतका अन्य स्थानमा भेरी नदी थुनिएको भन्ने जानकारी भने गलत भएको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय डोल्पाका अनुसार भेरी नदी थुनिएको वा नदीको बहाव रोकिएको भन्ने सूचना गलत हो । सामाजिक सञ्जाल तथा अन्य माध्यममा भेरी नदी थुनिएको भन्दै फैलिएको सूचनामा सत्यता नरहेको डीएसपी अनिलराज गिरीले बताए ।
गलगौडामा गएको पहिरोका कारण सडक अवरुद्ध भएपछि यात्रु तथा सवारीसाधन आवतजावतमा भने समस्या भएको छ । पहिरो हटाएर सडक सञ्चालनमा ल्याउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।
नदी थुनिएको भन्दै रुकुम पश्चिम र जाजरकोटका स्थानीयले सतर्कता लागि घर छोडेर अग्ला डाँडामा पुगेका छन् ।
प्रहरीले गलत सूचनाका पछि नलाग्न अनुरोध गरेको छ ।
प्रतिक्रिया 4