+
+
Shares

भेरी करिडोरमा १३ पक्की पुल बनाउन ठेक्का आह्वान

पूर्ण सार्की पूर्ण सार्की
२०८३ असार ३१ गते १२:०३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • भेरी करिडोरअन्तर्गत जाजरकोट–डोल्पा सडकखण्डमा १३ वटा पक्की पुल निर्माणका लागि भेरी करिडोर आयोजना कार्यालयले बुधबार ठेक्का आह्वान गरेको छ ।
  • अर्थ मन्त्रालयले स्रोत सुनिश्चित गरेपछि पुल निर्माण प्रक्रिया अघि बढेको आयोजना प्रमुख नरेशप्रसाद केशरीले बताए ।
  • पुल अभावमा वर्षायाममा यातायात अवरुद्ध हुँदा सास्ती खेपिरहेका स्थानीयवासी पुल निर्माण सम्पन्न हुने र यातायात सहज हुनेमा आशावादी छन् ।

३१ असार, डोल्पा । भेरी करिडोर अन्तर्गत जाजरकोट–डोल्पा सडकखण्डमा १३ वटा पक्की पुल निर्माण प्रक्रिया सुरु भएको छ । भेरी करिडोर आयोजना कार्यालयले पुल निर्माणका लागि बुधबार ठेक्का आह्वान गरेको छ ।

आयोजनाका प्रमुख नरेशप्रसाद केशरीका अनुसार जाजरकोट–डोल्पा सडकखण्डअन्तर्गत जाजरकोटका खहरे खोला, रुकुम पश्चिमका चिसापानी, घट्टेखोला, रिजीगाड खोला, उसुम खोला र मनका खोलामा ठेक्का आह्वान भएको छ ।

यसैगरी डोल्पाका करवगाड खोला, चुगाड खोला, गल्लीगाड खोला, रूपगाड खोला, खार खोला, त्रिपुराकोटस्थित भेरी नदीमा पुल बनाउन पनि ठेक्का आह्वान भएको छ ।

यसैगरी डोल्पाकै दुनै–काइके सडकखण्डअन्तर्गत जैरिगाड जलविद्युत् आयोजनाको पावरहाउस नजिक ठूलीभेरी नदीमा पनि पक्की पुल निर्माणका लागि ठेक्का आह्वान गरिएको छ ।

अर्थ मन्त्रालयले केही महिनाअघि उक्त सडकखण्डका खोलानालामा पुल निर्माणका लागि स्रोत सुनिश्चित गरेपछि निर्माण प्रक्रिया अघि बढाइएको प्रमुख केशरीले बताए । उनका अनुसार पुल निर्माण हुन बाँकी रहेका सबै स्थानमा अब क्रमश: निर्माण कार्य सुरु हुनेछ ।

२०७५ सालमा डोल्पा राष्ट्रिय सडक सञ्जालसँग जोडिए पनि पुल अभावमा भेरी करिडोर अझै पूर्णरूपमा सञ्चालनमा आउन सकेको छैन । जाजरकोटदेखि डोल्पाको सदरमुकाम दुनैसम्म सडकको ट्र्याक निर्माण सम्पन्न भए पनि आवश्यक पुलहरू नबन्दा वर्षायाममा यातायात अवरुद्ध हुने र स्थानीयले सास्ती भोग्दै आएका छन् ।

यस्तै, करिडोरअन्तर्गत दुनैदेखि माथिल्लो डोल्पाको धो, तिन्जे र मरिम सडक निर्माण अझै अधुरै रहेको छ । दुनै–लासिक्याप खण्डमा निर्माण व्यवसायीको ढिलासुस्तीका कारण लासिक्याप–सिसौल सडक निर्माणसमेत प्रभावित भएको छ ।

त्रिदेशीय व्यापारिक महत्त्व बोकेको भेरी करिडोर भेरी डोल्पाको प्रमुख जीवनरेखा समेत हो । यहाँ पुल निर्माण प्रक्रिया सुरु भएसँगै वर्षायाममा हुने आवागमन समस्या समाधान हुने र भेरी करिडोरलाई पूर्णता दिन महत्त्वपूर्ण आधार तयार हुने विश्वासमा स्थानीय छन् ।

लेखक
पूर्ण सार्की

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?