२१ असार, खोटाङ । सावाखोलामा तीन करोड सात लाख ७३ हजार ५९८ रुपैयाँको लागतमा मोटरकारलगायत सवारीसाधन सञ्चालन गर्नमिल्ने पक्की पुल निर्माण भएको छ ।
निर्माणसम्पन्न भएसँगै पुल सञ्चालनमा पनि आएको छ । संघीय सरकारको समपूरक अनुदानमा निर्मित पुलमा शनिबारदेखि सवारीसाधनलाई सञ्चालनको अनुमति दिइएको हो ।
पक्की पुल निर्माण भएसँगै खोटाङ–पाप्माखाम भञ्ज्याङ सडकमा बाह्रै महिना यातायातका साधन सञ्चालन गर्न सहज भएको छ । यो पुल २० दशमलव ९० मिटर लामो छ ।
यसैबीच, २०७५ सालमा ट्र्याक खोलिएको ३३ किलोमिटर खोटाङबजार–पाप्माखाम भञ्ज्याङ सडक धमाधम स्तरोन्नति भइरहेको छ ।
यसनिम्ति कोशी प्रदेश सरकारले रु दुई करोड विनियोजन गरेको भौतिक पूर्वाधार मन्त्रालयले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4