News Summary
Generated by OK AI. Editorially reviewed.- भेरीकरिडोरअन्तर्गत जाजरकोट-डोल्पा सडकखण्डको छिप्रेदहमा खसेको सुख्खा पहिरो पन्छाएपछि सडक पुनः सञ्चालनमा आएको छ।
- सडक अवरुद्ध हुँदा डोल्पाबाट बाहिरिने र भित्रिने सवारीसाधन छिप्रेदहमै रोकिएका थिए।
- सडक सञ्चालनमा आए पनि पहिरो खस्ने जोखिम रहेकाले प्रहरीले यात्रु र चालकलाई सावधानी अपनाउन आग्रह गरेको छ।
२१ भदौ, डोल्पा । भेरीकरिडोर अन्तर्गत जाजरकोट-डोल्पा सडकखण्डमा सुख्खा पहिरो खसेपछि अवरुद्ध भएको सडक पुनः सञ्चालनमा आएको छ ।
पहिरो पन्छाएसँगै सडक पुनः सञ्चालनमा आएको डोल्पाका डीएसपी अनिलराज गिरीले जानकारी दिए।
करिडोर अन्तर्गत डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका-५ छिप्रेदहमा आइतबार बिहान करिब साढे ८ बजे सुख्खा पहिरो खसेको थियो । पहिरोका कारण यातायात सेवा ठप्प हुँदा डोल्पाबाट बाहिरिने तथा भित्रिने सवारीसाधन छिप्रेदहमै रोकिएका थिए।
सडक सञ्चालनमा आएसँगै रोकिएका सवारीसाधनहरू आ-आफ्नो गन्तव्यतर्फ लागेका छन् ।
सडक सञ्चालनमा आए पनि सडकखण्डमा पहिरो खस्न सक्ने जोखिम रहेकाले यात्रु तथा सवारी चालकलाई सावधानी अपनाउन प्रहरीले आग्रह समेत गरेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4