+
+
Shares

जुवातास खेलेको आरोपमा ५ जना पक्राउ

पक्राउ परेकाहरूबाट प्रहरीले २ लाख २ हजार ४४५ रुपैयाँ बरामद गरेको छ।

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ २१ गते १२:५८
फाइल तस्वीर

News Summary

Generated by OK AI. Editorially reviewed.
  • बाँकेको कोहलपुर नगरपालिका–१२ र बैजनाथ गाउँपालिका–४ का ५ जना जुवाखेल्ने आरोपमा पक्राउ परेका छन् ।
  • इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको इन्स्पेक्टर कमल थापाको टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।
  • उनीहरूको साथबाट २ लाख २ हजार ४४५ रुपैयाँ बरामद भएको छ ।

२१ भदौ, काठमाडौं । बाँकेमा जुवा खेलेको आरोपमा ५ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरूमा बाँकेको कोहलपुर नगरपालिका–१२ का ३६ वर्षीय धनबहादुर परियार, सोही ठाउँका ३८ वर्षीय चन्द्रबहादुर बस्याल, ५६ वर्षीय बेलबहादुर डाँगी, ३६ वर्षीय राम गुरुङ र बैजनाथ गाउँपालिका–४ का ४३ वर्षीय कुलबहादुर वली छन् ।

इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको इन्स्पेक्टर कमल थापाको टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।

उनीहरूको साथबाट २ लाख २ हजार ४४५ रुपैयाँ बरामद भएको छ । बाँकेमा पछिल्लो समय किरियापुत्री बसेको घरमा जुवातास खेल्ने प्रवृत्ति देखिएको प्रहरीले बताएको छ ।

जुवा खेल्ने समूहले किरियापुत्री बसेको घर खोज्दै खेल्ने प्रवृत्ति देखिएको प्रहरी अधिकारीहरू बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?