News Summary
Generated by OK AI. Editorially reviewed.- डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका-९ स्थित चुगाँड खोलामा मालबाहक ट्रक फसेपछि जाजरकोट–डोल्पा सडकखण्ड अवरुद्ध भएको छ।
- सडक अवरुद्ध हुँदा डोल्पा भित्रिने र बाहिरिने सवारीसाधन रोकिएका छन् ।
१४ वैशाख, डोल्पा । हिमाली जिल्ला डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका-९ स्थित चुगाँड खोलामा मालबाहक ट्रक फस्दा सडकखण्ड अवरुद्ध भएको छ ।
सोमबार बिहान करिब १० बजे नेपालगञ्जबाट डोल्पातर्फ आउँदै गरेको मालबाहक ट्रक उक्त खोलामा फसेपछि भेरी करिडोर अन्तर्गत जाजरकोट–डोल्पा सडकखण्ड अवरुद्ध भएको मजबुत यातायात प्रालिका त्रिपुराकोट इन्चार्ज रवीन्द्र सार्कीले जानकारी दिए ।
उनका अनुसार ट्रक खोलामै अड्किएपछि सवारी आवागमन पूर्ण रूपमा ठप्प बनेको छ ।
सडक अवरुद्ध हुँदा डोल्पा भित्रिने तथा बाहिरिने सवारीसाधन घण्टौँदेखि बीच बाटोमै रोकिएका छन् भने डोल्पाबाट नेपालगञ्ज, सुर्खेत हुँदै काठमाडौँतर्फ जाने यात्रुहरू लामो घण्टौंदेखि अलपत्र परेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4