News Summary
Generated by OK AI. Editorially reviewed.- भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले मातहतका सबै कार्यालयका कार्यक्रमहरू अब कार्यालय भित्रकै सभा हल तथा बैठक कक्षमा मात्रै गर्न निर्देशन दिएको छ।
- मन्त्रालयको योजना अनुगमन तथा मूल्याकंन महाशाखाले सरकारी खर्चलाई मितव्ययी र उपलब्धिमूलक बनाउन यस्तो निर्देशन जारी गरेको जनाएको छ।
- अब कुनै पनि कार्यालयले बैठक, गोष्ठी, तालिम, सेमिनार लगायतका कार्यक्रमहरू होटेल तथा रिसोर्टमा नगरी सरकारी संरचनाभित्रै सञ्चालन गर्नुपर्ने परिपत्रमा उल्लेख छ।
१४ वैशाख, काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय मातहतका सबै कार्यालयका कार्यक्रमहरू अब कार्यालय भित्रकै सभा हल तथा बैठक कक्षमा मात्रै गराउन भन्दै परिपत्र जारी गरेको छ ।
मातहतका सबै निकायलाई आज परिपत्र पठाउँदै मन्त्रालयको योजना अनुगमन तथा मूल्याकंन महाशाखाले यस्तो निर्देशन दिएको हो ।
सरकारी खर्चलाई मितव्ययी र उपलब्धिमूलक बनाउन यस्तो निर्देशन जारी भएको मन्त्रालयले परिपत्रमा उल्लेख गरेको छ ।
महाशाखाका अनुसार अब कुनै पनि कार्यालयले बैठक, गोष्ठी, तालिम, सेमिनार लगायतका कार्यकमहरू होटेल तथा रिसोर्टहरूमा सञ्चालन नगरी आफनै कार्यालय परिसर वा सरकारी संरचनाभित्र रहेका सभा कक्ष र तालिम कक्षमा मात्रै गर्नुपर्ने परिपत्रमा उल्लेख छ ।
यस्तो छ परिपत्र–
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4