+
+
Shares

भूमि मन्त्रालयको निर्देशन- बिचौलियालाई प्रवेश निषेधको व्यवस्था गर्नू

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत १९ गते १२:३४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • भूमि व्यवस्था मन्त्रालयले नापी विभागलाई पत्राचार गरी बिचौलियालाई कार्यालयमा प्रवेश निषेध गर्न निर्देशन दिएको छ।
  • नापी विभागले मातहतका कार्यालयमा परिचयपत्र देखाएर मात्र प्रवेश दिने व्यवस्था मिलाउन पत्राचार गरेको छ।
  • कार्यलयमा अनधिकृत व्यक्तिको प्रवेश रोक्न कडाइका साथ कार्यान्वयन नभएमा कार्यालय प्रमुख जिम्मेवार हुने मन्त्रालयले जनाएको छ।

१९ चैत, काठमाडौं । नापी विभागले मातहतका कार्यालयमा पत्रचार गरेर बिचौलियालाई प्रवेश निषेध गर्न निर्देशन दिएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले नापी विभागलाई पत्राचार गरेपछि देशभरका कार्यालयलाई परिपत्र गरिएको हो ।

सेवा प्रवाहलाई प्रभावकारी र गुनासो रहित बनाउन कार्यालयमा अनधिकृत व्यक्तिहरू (बिचौलिया) लाई प्रवेश निषेध गर्न परिचय खुल्ने कागजात हेरेर मात्र कार्यालयमा प्रवेश दिने व्यवस्था मिलाउन परिपत्र गरिएको छ ।

बिचौलियालाई प्रवेश निषेध गर्ने निर्देशन कार्यान्वयन भए/नभएको अनुगमन गरिने जानकारी पनि गराइएको छ । ‘जुनसुकै बेला अनुगमन हुने र कार्यान्वयन नभएको पाइएमा सम्बन्धित कार्यालय प्रमुख जिम्मेवार हुने,’ मन्त्रालयले नापी विभागलाई लेखेको पत्रमा उल्लेख छ । त्यही व्यहोरोको आधारमा रहेर नापी विभागले मातहतका कार्यालयमा पत्राचार गरेको हो ।

मन्त्रालयको निर्देशन कडाइका साथ कार्यान्वयन गर्न, कर्मचारीहरूले अनिवार्य रुपमा परिचयपत्र लगाउन, परिचय खुलेको कागजात देखाएर मात्र कार्यालयमा प्रवेश गर्न, कार्यालयमा अनावश्यक भिडभाड हुन नदिन निवेदन, कागजात देखाएर  मात्र कार्यालयमा प्रवेश दिने व्यवस्था अबिलम्ब मिलाउन देशभरका कार्यालयलाई निर्देशन दिइएको छ ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?