+
+
Shares

सहरमा मञ्चन भइरहेका नाटक

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख १३ गते १३:१६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • काठमाडौंमा आधा दर्जनभन्दा बढी नाटकघरहरू सक्रिय छन् र मण्डला थिएटरमा 'अतिरञ्जनको मनोरञ्जन' र 'ग्रान्ड रिहर्सल' मञ्चन भइरहेको छ।
  • कान्तिपुर थिएटरमा अमर न्यौपानेको पुस्तकमा आधारित 'सेतो धरती' नाटक मञ्चन भइरहेको छ जसमा अभिनेत्री रेखा थापाले निर्मात्रीको भूमिका निर्वाह गरिरहेकी छिन्।
  • शिल्पी थिएटरमा 'सिकल सेल' नाटकको प्रिमियर आज १३ वैशाखमा भएको छ र यो २८ वैशाखसम्म मञ्चन हुनेछ।

मोटामोटी काठमाडौंमा आधा दर्जन बढी सक्रिय नाटकघर छन् । तीमध्ये प्रमुख नाटकघरका रूपमा रहेको मण्डला थिएटरमा यसबेला ‘अतिरञ्जनको मनोरञ्जन’ लागिरहेको छ ।

नयाँ बानेश्वरको थापागाउँमा अवस्थित यस नाटकघरमा सागर खाती कामी र उनको टिमको कथा तथा निर्देशन रहेको यो लागिरहेको हो । प्रयोगात्मक नाटक भनिएको यसमा संगीत, अभिनय सबै देख्न सकिन्छ ।

दर्शकलाई सोच्न र प्रश्न उठाउन प्रेरित गर्ने यो नाटककले हाम्रो सोच, रोजाइ र निर्णयमाथि पुनर्विचार गर्न बाध्य बनाउने बताइएको छ ।  यो नाटक आज १३ वैशाखसम्म लाग्नेछ ।

त्यस्तै, मण्डलामा नै ११ वैसाखदेखि ‘ग्रान्ड रिहर्सल’ नामक मञ्चन भइरहेको छ । यो नाटक अनुवाद र एडप्ट गरिएको हो ।

सुरुमा यो नाटक हेन्री लुइस, जोनाथन सेयर र हेन्री शिल्ड्सले लेखेका थिए । नेपालीमा भने अनुप न्यौपाने र उमेश तामाङले अनुवाद गरेका हुन् ।

यसमा बुद्धि तामाङले निर्देशन गरिरहेका छन् भने बुद्धि तामाङ निर्माताको रूपमा रहेका छन्  । यो नाटक थिएटरप्रति नै श्रद्धाञ्जलि भएको बताइएको छ । यसलाई नाटकभित्रको नाटक जस्तै प्रस्तुत गरिएको छ ।

यसमा तर सुरुदेखि नै सबै कुरा बिग्रिन थाल्छ । सेट भत्किन्छ । सामान बिग्रिन्छ । कलाकारहरूले संवाद बिर्सिन्छन् । समय मिल्दैन । अनेकन् के – के हुन्छ ।  यो नाटक ३ जेठसम्म मञ्चन हुन्छ ।

त्यसैगरी, कान्तिपुर थिएटरमा ‘सेतो धरती’ मञ्चन भइरहेको छ । यो नाटक केही कारण विशेष छ । एक त यो साहित्यकार अमर न्यौपानेद्वारा लिखित मदन पुरस्कार विजेता पुस्तकमा आधारित छ ।

त्यस्तै, यो नाटकको निर्मात्रीमा अभिनेत्री रेखा थापा छिन् । सुन्दर धितालले निर्देशन गरेको यो नाटकमा अभिनेत्री बेनिशा हमालले नाटकमा डेब्यू गरेकी छिन् ।

यीकारण गत २७ चैतदेखि मञ्चन भइरहेको यो नाटक विशेष छ । यसअघि कान्तिपुर थिएटरले दीपक सिंजालीको उपन्यास ‘मीरा’ मा रेखा र पारिजातको उपन्यास ‘शिरीषको फूल’ मा जीवन लुइँटेललाई डेब्यू गराएर नाटक बनाइसकेको छ ।

त्यस्तै आजबाटै शिल्पी थिएटरमा ‘सिकल सेल’ लाग्दै छ । आज यो नाटकको प्रिमियर शो रहेको छ । अहिले आफ्नो सामाजिक सञ्जालहरूमार्फत नाटकघरले नाटकको प्रोमोस्नल भिडियोहरू बनाएर शेयर गरिरहेको छ ।

२८ गतेसम्म यो नाटक मञ्चन हुने छ । यसअघि यो थिएटरमा ‘ए थिबेउ’ मञ्चन भएको थियो ।  तर, सर्वनाम थिएटर, पुरानो घर, कुञ्ज नाटक घरमा अहिले कुनै पनि नाटक लागेका छैनन् ।

ती नाटकघरहरूमा नाटक/अभिनयका कक्षाहरू साथै विभिन्न कार्यक्रमहरू भइरहेको देख्न सकिन्छ । यसअघि कथा घेरा भने ‘बाटैबाटो’ नामक सडक नाटक लिएर पश्चिम नेपाल पुगेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?