+
+
Shares

पश्चिम बंगालमा मोदीको सभाअघि हिंसात्मक झडप

सोमबार(आजै) भारतीय प्रधानमन्त्री मोदीको चुनावी र्‍याली र भाषण गर्ने कार्यक्रम तय रहेको बताइएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख १४ गते १७:३३

१४ वैशाख, काठमाडौं । भारतको पश्चिम बंगालमा प्रधानमन्त्री नरेन्द्र मोदीको चुनावी सभा हुनुअघि हिंसात्मक झडप भएको छ । दोस्रो चरणको मतदानको दुई पहिला मोदीको पार्टी भारतीय जनता पार्टी(बीजेपी) र पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीको पार्टी तृणमूल कांग्रेसका समर्थकबीच हिंस्रक झडप भएको भारतीय सञ्चारमाध्यमले लेखेका छन् । यो घटना उत्तर-२४ परगना जिल्लाको जगद्दल इकालामा भएको बताइएको छ । यहाँ सोमबार(आजै) भारतीय प्रधानमन्त्री मोदीको चुनावी र्‍याली र भाषण गर्ने कार्यक्रम तय रहेको बताइएको छ ।

झडपमा प्रहरीले तृणमूल कांग्रेसका एक पार्षद गोपाल राउतसहित चारजनालाई पक्राउ गरेको भारतीय सञ्चारमाध्यमले लेखेका छन् । अन्य अभियुक्तको खोजी चलिरहेको प्रहरीले जनाएको छ ।

घटना आइतबार राति ११ बजेको रहेको समाचारमा उल्लेख छ । घटनामा एक जना प्रहरी गम्भीर घाइते भएको पनि बताइएको छ । प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन केही थान हवाई फायर र लाठीचार्ज गर्नुपरेको समाचारहरूमा उल्लेख छ ।

सोमबार मोदीको सभाको सुरक्षाका लागि हज्जारौं प्रहरी परिचालन गरिएका छन् ।

पश्चिम बंगालमा अहिले विधानसभा निर्वाचन भइरहेको छ । पहिलो चरणको मतदान अप्रिल २३ मा भएको थियो भने, दोस्रो चरणको पर्सी अप्रिल २९ मा हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?