+
+
WC Series
Nepal Women
0/0
VS
Zimbabwe Women
123/5 (19.1)
Shares

माघ १६ गते जनकपुरमा सभा गरेर कांग्रेसले चुनावी अभियान थाल्ने

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ १० गते १२:४७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसले माघ १६ गते जनकपुरमा प्रदेशस्तरीय सभा गरेर चुनावी अभियान सुरु गर्ने भएको छ।
  • सभालाई सभापति गगन थापा, उपसभापति विश्वप्रकाश शर्मा लगायत शीर्ष नेताले सम्बोधन गर्नेछन्।
  • उपसभापति शर्मा चुनावी प्रचार प्रसार समितिको संयोजक नियुक्त भएका छन् र प्रदेश समितिको बैठक तयारीका लागि बस्नेछ।

१० माघ, काठमाडौं । नेपाली कांग्रेसले चुनावी सभा मधेशबाट सुरु गर्ने भएको छ । माघ १६ गते जनकपुरमा प्रदेशस्तरीय सभा गरेर चुनावी अभियान सुरु गर्ने भएको छ ।

सभालाई सभापति गगन थापा, उपसभापति विश्वप्रकाश शर्मा सहित शीर्ष नेताहरुले सम्बोधन गर्ने भएका छन् । पार्टीले उपसभपाति शर्मालाई चुनावी प्रचार प्रसार समितिको संयोजक बनाएको छ ।

जनकपुरमा हुने सभाका लागि केन्द्रीय तहबाट उपसभापति शर्माले संयोजन गर्ने भएका छन् । सभाको तयारीको तयारीका प्रदेश समितिको शनिबार बैठक बस्न लागेको मधेशका प्रचार संयोजक नितेशकुमार गुप्ताले जानकारी दिए ।

‘प्रचार प्रसारलाई तयारीका लागि प्रदेश समितिको आज बैठक बस्दैछ,’ गुप्ताले अनलाइनखबरसँग भने, ‘माघ १६ गते हुने बृहत् सभामा लाखौं मान्छे सहभागी हुन्छन् ।

कांग्रेस सभापति थापा सर्लाही–४ बाट उम्मेदवार बनेका छन् । यसपटकको निर्वाचनमा दलहरूले मधेशलाई केन्द्र बनाएर आफ्ना निर्वाचन गतिविधिहरू सक्रिय बनाएका छन् ।

यसअघि जनकपुरमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले चुनावी सभा गरेको थियो । जुन सभाबाटै काठमाडौंका पूर्वमेयर बालेन शाहले औपचारिक रुपमा चुनावी सभामा सम्बोधन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?