+
+
WC Series
Nepal Women
0/0
VS
Zimbabwe Women
0/0
Shares

मेजर राई, राजकुमारी साह र जिवछ साह पनि नेकपाबाट निस्कासित

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ १० गते १२:३२

१० माघ, काठमाडौं । मेजर राई, राजकुमारी साह र जिवछ साह पनि नेपाली कम्युनिस्ट पार्टीबाट निस्कासित भएका छन् ।

आगामी प्रतिनिधिसभा सदस्यको निर्वाचनमा पार्टीको निर्णय विपरित उम्मेदवारी दिएको भन्दै उनीहरूलाई नेकपाले कारबाही गरेको हो ।

सिन्धुलीका हरिबोल गजुरेल र महेश्वर दाहाल, दाङका कुलप्रसाद केसी र सिरहाका धर्मनाथ साह पनि नेपाली कम्युनिस्ट पाटीबाट निस्कासनमा परेका छन् ।

पार्टीको निर्णय र निर्देशनविपरित उम्मेदवार बनेका र त्यस्ता उम्मेदवारका प्रस्तावक, समर्थक तथा प्रचारक बनेका कार अनुशासनको कारबाही गर्दै पार्टीबाट निस्कासन गरिएको नेकपाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?