१० माघ, काठमाडौं । पार्टी छाडेर सिरहा ४ बाट नेकपा एमालेका उम्मेदवार बनेका धर्मनाथप्रसाद साहलाई नेपाली कम्युनिस्ट पार्टीले कारबाही गरेको छ ।
उनी नेपाली कम्युनिस्ट पार्टीबाटै टिकटका आकांक्षी थिए । टिकट नपाएपछि पार्टी छोडेर उनी सिरहा ४ मा नेकपा एमालेबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेका छन् ।
साह तत्कालीन नेकपा एकीकृत समाजवादीमा केन्द्रीय उपाध्यक्ष तथा मधेश प्रदेश इञ्चार्ज थिए । नेकपा एकीकृत समाजवादी, नेकपा माओवादी केन्द्र सहितका दल मिलेर नेपाली कम्युनिस्ट पार्टी बनेपछि उनी केन्द्रीय सदस्य थिए ।
सिरहा ४ मा नेकपाका आधिकारिक उम्मेदवार अजयशंकर नायक रहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4