Comments Add Comment

पेरिस सम्झौतामा जोडिएपछि नेपालसँग जलवायु परिवर्तनमा गहन सहकार्य गर्दै अमेरिका

२७ फागुन, काठमाडौं । राष्ट्रपति जो वाइडनले जलवायु परिवर्तन सम्बन्धी सम्झौतामा पुन: जोडिने निर्णय गरेसँगै अमेरिकाले जलवायु परिवर्तनका विषयमा नेपालसँग अझ गहन सहकार्य गर्ने इच्छा व्यक्त गरेको छ ।

सन् २०१५ मा भएको पेरिस सम्झौताबाट पूर्ववर्ती राष्ट्रपति डोनाल्ड ट्रम्पले हात झिकेका थिए, जसको विश्वव्यापी असर परेको थियो । तर, वाइडन आउनसाथ उनले पेरिस सम्झौतामा जोडिने निर्णय गरे । सो निर्णयसँगै काठमाडौंस्थित अमेरिकी दूतावासले जलवायु परिवर्तनको विषयमा नेपालसँग थप सहकार्य गर्न चाहेको बताएको छ ।

नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी बेरीले बुधबार एक ट्वीट गर्दै जलवायु संकट सामना गर्न नेपालसँग काम गर्न चाहेको उल्लेख गरेका छन् । उनले आफ्नो ट्वीटमा भनेका छन,’बाइनले भनेका छन्, जलवायुको चुनौती सामना गर्न विश्वव्यापी सहकार्य आवश्यक छ ।’

गत महिना भारतमा हिमताल फुटेर आएको बाढीले हिमाली क्षेत्र एकदमै संवेदनशील अवस्थामा छ भन्ने दखाइसकेको छ । उक्त समस्यालाई समाधान गर्नका लागि म नेपालसँग काम गर्न प्रतिक्षारत छु ।’ यस अगाडि प्रधानमन्त्री केपी ओलीलगायत विभिन्न राजनीतिक दलका नेताहरुसँगको भेटमा उनले नेपालले गर्न लागेको सगरमाथा संवादलाई सहयोग गर्न अमेरिका तयार रहेको बताए ।

यस अगाडि पनि जलवायु परिवर्तनका विभिन्न विषयमा सहयोग गदै आएको अमेरिकाले यस क्षेत्रमा थप सहयोग र सहकार्य गर्न चाहेको देखिन्छ किनकि यो मुद्दा अमेरिकी सरकारले एक प्रमुख प्राथमिकता बनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment