+
+
Shares

प्रधानमन्त्री राष्ट्रसंघ महासभामा भाग लिन असोज ६ गते अमेरिका जाने, ९ गते फर्किने

उनी असोज ९ गते स्वेदश फर्किने तय भएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ २२ गते १५:४२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्रधानमन्त्री बालेन्द्र शाह असोज ६ गते संयुक्त राष्ट्रसंघको महासभामा सम्बोधन गर्न न्यूयोर्क जाने भएका छन् ।
  • भोटेकोशी बाढीपछि जलवायु परिवर्तनको असरबारे राष्ट्रसंघको ध्यानाकर्षण गराउन प्रधानमन्त्री शाह नै जान लागेका हुन् ।
  • यसअघि परराष्ट्रमन्त्री मात्र जाने तय भए पनि प्रधानमन्त्री शाह असोज ९ गते स्वदेश फर्किनेछन् ।

२२ भदौं, काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन असोज ६ गते न्यूयोर्क जाने भएका छन् । उनी असोज ९ गते स्वेदश फर्किने तय भएको छ ।

उनी त्यहाँ सम्बोधन गर्न छोटो अवधिका लागि मात्र जान लागेका हुन् ।  उनले भोटेकोशी बाढीका कारण ठूलो जनधनको क्षति भएपछि यसपटक जलवायु परिवर्तनको असरकोबारेमा राष्ट्रसंघको ध्यानाकर्षण गराउने छन् ।  यसअघि परराष्ट्रमन्त्री शिशिर खनालको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल जाने तय भएको थियो । तर बाढीपछि प्रधानमन्त्री शाह नै नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै जान लागेका हुन् । प्रधानमन्त्रीको भ्रमण  प्रतिनिधिमण्डल पनि १० जनासम्मको हुने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?