+
+
Shares

एमाले ओली सरकार जोगाउन लाग्छ : झलनाथ खनाल

अनलाइनखबर अनलाइनखबर
२०७७ फागुन २६ गते १४:५४
फाइल तस्वीर

२६ फागुन, काठमाडौं । नेकपा एमालेका नेता झलनाथ खनालले केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारले पूरा कार्यकाल काम गर्नुपर्ने बताएका छन् । सत्तारुढ दल नेकपा एमाले आगामी दुई वर्ष नै वर्तमान सरकार जोगाउन लाग्ने उनले बताए ।

‘नेकपा एमालेको वरिष्ठ नेताको हैसियतले यो सरकार नै दुई वर्ष जानुपर्छ भन्ने म चाहन्छु,’ पूर्वप्रधानमन्त्री खनालले संसद भवन परिसरमा बुधबार पत्रकारहरुसँग भने ।

सरकार टिकाउने दायित्व प्रधानमन्त्रीको हो कि तपाईंहरुको पनि हो भन्ने प्रश्नमा खनालले भने, ‘हाम्रो पार्टी नेकपा एमालेको । कुनै व्यक्तिले जोगाएर पनि जोगिँदैन । पार्टीले जोगाउन थालेपछि जोगिन्छ । हामी जोगाउनै लाग्छौं ।’

उनले संसदमा अब नयाँ खेल सुरु हुने पनि बताए ।

तीन वर्षपछि पुनः नेकपा एमालेको सांसद बन्दाको अनुभवबारे राखिएको जिज्ञासामा खनालले आफूलाई बडो रमाइलो लागेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?