+
+
Shares

प्रचण्डलाई जसपाका नेताहरुको जवाफ : जसले मुद्दा सम्बोधन गर्छ, उसलाई समर्थन

अनलाइनखबर अनलाइनखबर
२०७७ फागुन २६ गते २१:२३

२६ फागुन, काठमाडौं । नेकपा एमाले इतरको सरकार बनाउन दौडधुप गरिरहेको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बुधबार जनता समाजवादी पार्टी (जसपा)का नेताहरुलाई भेटेका छन् ।

प्रचण्डलाई भेट्न जसपा अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो पेरिसडाँडा पुगेका थिए ।

भेटमा प्रचण्डले संसद विघटनविरुद्ध आन्दोलनमा आएका शक्तिहरु मिलेर सरकार बनाउनुपर्नेमा जोड दिए ।

तर जसपा नेताहरुले भने आफूहरुको मुद्दा सम्बोधन गर्नुपर्ने बताएका छन् । ‘रेशम चौधरीलगायतको मुद्दा फिर्ता, संविधान संशोधन हाम्रो मुद्दा हो, जसले यो पूरा गर्छ, उसलाई साथ दिन्छौं’ भेटमा सहभागी राजपा वरिष्ठ नेता महतोले भने ।

प्रचण्डले मंगलबार कांग्रेस सभापति शेरबहादुर देउवा र जसपा संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादवलाई पनि भेटेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?