+

किरण आईलिगको बेस्ट गोलकिपर घोषित

२०७७ चैत  १५ गते ९:३२ २०७७ चैत १५ गते ९:३२
किरण आईलिगको बेस्ट गोलकिपर घोषित

१५ चैत, काठमाडौ । नेपाली राष्ट्रिय फुटबल टिमका गोलकिपर तथा कप्तान किरण चेम्जोङ भारतको फुटबल लिग ‘आईलिग’को उत्कृष्ट गोलकिपर घोषित भएका छन् ।

यस सिजन किरणले राउण्ड ग्लास पञ्जावबाट उत्कृष्ट प्रदर्शन गरेका थिए । शनिवार सकिएको लिगमा गोकुलम केरला च्याम्पियन बन्यो ।

उत्कृष्ट गोलकिपर बनेसँगै उनले २ लाख ५० हजार प्राप्त गरे ।

राष्ट्रिय टिमको लागि खेल्न नेपाल फर्केका किरणले पञ्जावको अन्तिम लिग खेल भने गुमाए ।

नेपाल,बंगलादेश र किर्गिस्तानबीचको थ्री नेसन्स कप फुटबलका लागि नेपाल आएका हुन् ।

 

किरण चेमजोङ

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय