+

विश्वकप छनोट : इन्जुरी टाइमको गोलमा स्पेनको पुनरागमन जित

२०७७ चैत  १६ गते ८:५४ २०७७ चैत १६ गते ८:५४
विश्वकप छनोट : इन्जुरी टाइमको गोलमा स्पेनको पुनरागमन जित

१६ चैत, काठमाडौं । फिफा विश्वकपको युरोपियन छनोटमा स्पेनले जर्जियामाथि पुनरागमन जित हात पारेको छ ।

डानिएल ओल्मोले इन्जुरी टाइममा निर्णायक गोल गरेपछि स्पेनले एक गोलले पछि परेको स्थिति उल्टाउँदै जर्जियालाई २-१ ले पराजित गरेको हो ।

घरेलु मैदानमा किचा काभारस्खेलाले ४४औं मिनटमा गोल गर्दै जर्जियालाई अग्रता दिलाए पनि कायम राख्न सकेन । ५६औं मिनेटमा फेरान टोरेसले स्पेनको लागि बराबरी गोल फर्काए । ओल्मोले इन्जुरी टाइमको दोस्रो मिनेटमा गोल गर्दै स्पेनलाई जिताए ।

पहिलो जितपछि समूह बी मा ४ अंक जोड्दै स्पेन दोस्रो स्थानमा छ । यसै समूहको अर्को खेलमा स्वीडेनले कोसोभोलाई ३-० ले पराजित गर्दै लगातार दोस्रो जित हात पारेको छ । २ खेलबाट ६ अंकसहित स्वीडेन शीर्ष स्थानमा छ ।

विश्वकप फुटबल छनोट स्पेन

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय