
१६ चैत, काठमाडौं । नेपालको सिनियर फुटबल टिमले १८ महिना लामो गोलको खडेरी तोड्दै थ्री नेसन्स कपको उपाधि जितेको छ ।
सोमबार दशरथ रंगशालमा भएको फाइनलमा चिर परिचित प्रतिस्पर्धी बंगलादेशलाई २-१ ले पराजित गर्दै नेपाल च्याम्पियन बनेको हो । नेपालको लागि सन्जोग राई र विशाल राईले गोल गरे । विशालको गोलका लागि सन्जोगले असिस्ट गरेका थिए ।
समूह चरणमा नेपालले किर्गिस्तानको ओलम्पिक टोली र बंगलादेशसँग गोलरहीत बराबरी खेलेको थियो । सन् २०१९ को सेप्टेम्बरमा भएको विश्वकप छनोटमा चईनिज ताइपेइ लाई हराएको नेपालले त्यससता गोल गर्न सकेको थिएन ।
सन्जोगको गोलसंगै नेपालले ८ खेलको खडेरी तोड्यो ।
च्याम्पियन नेपालले ५ हजार अमेरिकी डलर पुस्कार पाएको छ भने बंगलादेशले ३ हजार डलरमा चित्त बुझायो । फाइनल खेल हेर्न प्रधानमन्त्री केपी शर्मा ओली समेत दशरथ रंगशालमा उपस्थित थिए ।
प्रतिक्रिया 4