Comments Add Comment

सर्जियो अगुएरोले सिजनको अन्तिममा सिटी छाड्ने

१७ चैत, काठमाडौं । कीर्तिमानी गोलकर्ता सर्जियो अगुएरोले यस सिजनको अन्त्यमा म्यानचेष्टर सिटी छाड्ने भएका छन् । इंग्लिस क्लब म्यानचेष्टर सिटीले अगुएरोले सिजनको अन्तिममा सिटी छाड्ने पुष्टि गरेको छ ।

३२ वर्षीय फरवार्ड अगुएरोको सम्झौता यसै सिजनको अन्त्यमा सकिँदैछ । कलबले उनीसँग थप सम्झौता नगर्ने भएको छ ।

यी अर्जेन्टाइन खेलाडीलाई सिटीले सन् २०११ मा स्पानिस क्लब एथ्लेटिको मड्रिडबाट अनुबन्ध गरेको थियो । त्यसपछि एक दशक सिटीमा खेल्दा अगुएरोले ३८४ खेलमा २५७ गोल गरे ।

टिम मालिकको गाइडेन्स र खेलाडीहरुको कन्ट्रिबुसनले गर्दा सिटीले अहिले विश्वकै उत्कृष्ट क्लबको स्थान बनाएको अगुएरोले बताएका छन् ।

सन् २०१२ मा सिटीलाई ४४ वर्षपछि पहिलो लिग उपाधि जिताउन महत्वपूर्ण भूमिका खेलेका अगुएरोले क्युपिआरविरुद्ध इन्जुरी टाइममा गोल गर्दै उपाधि दिलाएका थिए ।

त्यसयता अगुएरोले थप तीन प्रिमियर लिग उपाधि जिते । यस्तै एक एफए कप र पाँच लिग कप समेत जिते ।

सिटीका अध्यक्ष खालदुन अल मुबारकले पछिल्लो १० वर्ष अगुएरोले सिटीको लागि गरेको योगदान अतुलनिय रहेको बताएका छन् ।

सामान्यरुपमा फुटबललाई माया गर्ने र क्लबलाई मन पराउने सबैको सम्झनामा अगुएरोको नाम रहने मुबारकले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment