Comments Add Comment

वाटमोर सहभागी हुने क्रिकेट क्लिनिक स्थगित, त्रिकोणात्मक सिरिजपछि फेरि सुरु गरिने

१८ चैत, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक डेभ वाटमोर सहभागी भएको हाइ पर्फमेन्स क्रिकेट क्लिनिक तत्कालका लागि स्थगित गरेको छ ।

क्यानले मंगलबार क्रिकेट क्लिनिक स्थगित गरिएको जनाएको छ ।

आगामी बैशाखमा नेपालमै आयोजना हुने त्रिकोणात्मक सिरिजको लागि तयारी गर्नुपर्ने भएको क्यानले क्रिकेट क्लिनिक स्थगित गरिएको जनाएको छ ।

नेपाल, नेदरल्याण्ड्स र मलेसिया सम्मलित सिरिज बैशाख ४ देखि ११ गतेसम्म टीयू मैदानमा आयोजना हुँदैछ ।

राष्ट्रिय खेलकुद परिषद (राखेप)सँगको सहकार्यमा सातवटै प्रदेशका क्लिनिक गर्ने गरी क्यानले क्रिकेट क्लिनिक सुरु गरेको थियो ।

प्रदेश १ मा भने वाटमोरले क्रिकेट क्लिनिकमा प्रशिक्षण दिइसकेका छन् ।

तर, राष्ट्रिय टिमको बन्द प्रशिक्षणका लागि प्रशिक्षक वाटमोर राजधानी फर्किसकेका छन् । केही दिनमै क्यानले बन्द प्रशिक्षण सुरु गर्दैछ ।

क्यानले त्रिकोणात्मक सिरिज सकिएपछि सक्दो चाँडो क्रिकेट क्लिनिक सुरु गर्ने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment