Comments Add Comment

अमेरिकामा रञ्जना शर्माले गरिन् कानुनी बिबाह

नेपाली चलचित्र क्षेत्रमा कुनै समय राम्रो चर्चा बटुलेकी नायिका रञ्जना शर्मा लामो समयदेखि अमेरिकामा बस्दै आएकी छिन् । अमेरिका रहँदै आएकी रञ्जनाले प्रेमी निकेश सिलवालसँग कानुनी बिबाह गरेकी छिन् ।

रञ्जना र निकेशले बुधबार काुननी बिबाह गरेका हुन् । निकेशको नेपालमा बालकोट, भक्तपुरमा घर छ । तर, उनी लामो समयदेखि अमेरिकामा रहेर व्यापार व्यवसायमा व्यस्त छन् । रञ्जना र निकेश एक बर्षदेखि प्रेम सम्बन्धमा थिए । केही समय अगाडि रञ्जनाले सामाजिक संजालबाट आफू प्रेममा रहेको जानकारी समेत दिएकी थिइन् ।

कोभिडका कारण रञ्जना र निकेशले अनलाइनको माध्यमबाटै कानुनी बिबाह गरेको अमेरिकामा रहेर निर्देशक सुरेश दर्पण पोखरेलले जानकारी दिए । उनीहरुले, केही समयपछि हिन्दु परम्परा अनुसार बिहे गर्ने बताएका छन् ।

बिहेपछि रञ्जनालाई शुभकामना दिनका लागि नेपाली चलचित्रका कलाकारहरु उपस्थित थिए । नायक दिलिप रायमाझी, निर्देशक सुरेश दर्पण पोखरेल, नायिका अरुणिमा लम्साल, सारांगा श्रेष्ठ, पूजा चन्द लगायत उनलाई शुभकामना दिनका लागि उपस्थित थिए । नायिका रञ्जना शर्माले ‘मर्यादा, मौसम, बदमास, तिमी मेरी हौं, कन्यादान, सलाम छ मायाला, विरताको चिनो’ लगायतका नेपाली चलचित्रमा अभिनय गरेकी छिन् ।

तस्वीर सौजन्यः सुरेश दर्पण पोखरेल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment