Comments Add Comment

प्रदेश २ मा माओवादीले भरत साहलाई बनायो दलको नेता

२८ चैत, जनकपुरधाम । नेकपा माओवादी केन्द्रले प्रदेश २ को संसदीय दलको नेता चयन गरेको छ ।

पार्टी कार्यालयमा बसेको बैठकले दलको नेतामा भरत साहलाई चयन गरेको हो । यस्तै, उपनेतामा जगत यादव, प्रमुख सचेतकमा दिलीप साह र रुबी कर्ण सचेतकमा चयन भएका छन् ।

तत्कालीन नेकपा एमालेसँग एकीकरण हुनुअघि माओवादीको दलको नेतामा रामचन्द्र मण्डल थिए । तर ५ पुसमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेपछि मण्डल प्रधानमन्त्री ओलीको खेमामा लागेका थिए ।

ओली समूहमा लागेका मण्डलसहित ४ सांसदलाई स्पष्टीकरण सोध्ने निर्णयसमेत पेरिसडाँडा बैठकले गरेको प्रमुख सचेतकमा चुनिएका साहले जानकारी दिए ।

मण्डलसहित कुन्दन साह, ज्वाला साह र मो. समिर अन्सारी ओलीतिर लागेका थिए । उनीहरुलाई स्पष्टीकरण सोधिने र त्यसपछि प्रक्रिया पूरा गरी सांसदबाट हटाउने तयारी पार्टीले गरेको छ ।

प्रदेश २ मा माओवादी केन्द्रका ११ सांसद छन् ।

प्रदेशको पाँचौ अधिवेसनको पहिलो बैठक चैत ३० गते सोमबार दिनको १ बजे आह्वान गरिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment