Comments Add Comment

यी हुन् कर्णालीमा फ्लोर क्रस गर्ने एमाले सांसद

प्रकाश ज्वाला ।

३ वैशाख, सुर्खेत । नेकपा एमाले कर्णाली प्रदेशका चारजना सांसदले फ्लोर क्रस गर्दै मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएका छन् ।

उनीहरुले पार्टी संसदीय दलको ह्वीप उल्लंघन गर्दै माओवादी केन्द्रको सरकार जोगाइदिएका हुन् । फ्लोर क्रस गर्ने सांसदहरुमा प्रकाश ज्वाला, अमर थापा, कुर्मराज शाही र नन्दसिङ बुढा रहेका छन् ।

प्रकाश ज्वाला माधव नेपाल समूहका कर्णाली प्रदेशका नेता हुन् । उनी केही दिनअघिसम्म मात्रै शाही सरकारको आर्थिक मामिला तथा योजना मन्त्री थिए । त्यस्तै नन्दसिंह बुढा पनि मन्त्री नै थिए ।

कालीकोटका कुर्मराज शाही र दैलेखका अम्बरबहादुर थापाले पनि फ्लोर क्रस गरेका छन् । कर्णालीमा नेपाल समूहका ९ जना सांसद छन् ।

एमालेकै सांसद देवी ओलीले भने विश्वासको मतको पक्षमा दिएको मत सभामुखले निर्धारण गरेको समयमा सच्याएकी थिइन् ।

प्रदेशसभामा कायम ३९ सांसदमध्ये २२ जनाले शाहीलाई विश्वासको मत दिए । जसमा माओवादी केन्द्रका १२, नेपाली कांग्रेसका ६ र नेकपा एमालेका ४ जना सांसदले शाहीको पक्षमा मतदान गरेका हुन् ।

यसअघि एमाले संसदीय दलका नेता यामलाल कँडेलले ह्वीप जारी गर्दै आफ्ना सांसदहरुलाई मुख्य मन्त्री शाहीको विपक्षमा मतदान गर्न निर्देशन दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment