Comments Add Comment

म्यानचेस्टर सिटीले लगातार चौथो पटक जित्यो लिग कपको उपाधि

१३ वैशाख, काठमाडौं । म्यानचेस्टर सिटीले लगातार चौथो पटक इएफएल कप (काराबाओ कप) फुटबलको उपाधि जितेको छ ।

आइतबार राति भएको फाइनलमा प्रिमियर लिग प्रतिद्वन्द्वी टोटेनहमलाई १-० ले पराजित गर्दै सिटी च्याम्पियन बनेको हो ।

सिटीको जितमा एम्रिक लापोर्टेले निर्णायक गोल गरे । उनले खेलको ८२ औं मिनेटमा केभिन डी ब्रुएनाको पासमा गोल गरेका थिए ।

सिटीले लगातार चार पटक उपाधि जित्ने लिभरपुलको कीर्तिमान बराबरी गरेको छ । यस्तै सर्वाधिक ८ पटक उपाधि जित्ने लिभरपुलकै अर्को कीर्तिमान समेत बराबरी गरेको छ । लिभरपुलले सन् १९८० देखि ८४ सम्म लगातार चार पटक उपाधि जितेको थियो । सिटीले २०१८ देखि २०२१ सम्म लगातार चार पटक उपाधि जितेको हो ।

पछिल्लो पटक २००८ मा यो उपाधि जितेको टोटेनहमले ४ पटक काराबाओ कप जितेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment