Comments Add Comment

माछापुच्छ्रे बैंकको नाफा १०.६१ प्रतिशतले बढ्यो

१४ वैशाख, काठमाडौं । माछापुच्छ्रे बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमास अर्थात चैत मसान्तसम्म बैंकले १ अर्ब २९ करोड रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो आर्थिक वर्षको ९ महिनाको तुलनामा बैंकले १०.६१ प्रतिशतले नाफा बढाएको छ ।

गत वर्षको चैत मसान्तसम्म बैंकले १ अर्ब १६ करोड रुपैयाँ मूनाफा आर्जन गरेको छ । बैंकको वितरण योग्य मूनाफा भने ८४ अर्ब ६९ करोड रुपैयाँ देखिएको छ । बैंकको निक्षेप २०.५६ प्रतिशतले वृद्धि भएर १ खर्ब २५ अर्ब रुपैयाँ देखिएको छ ।

कर्जा भने बैंकको करिब १८ प्रतिशतले बढेर १ खर्ब १२ अर्ब रुपैयाँ पुगेको छ । बैंकको खुद ब्याज आम्दानी ४.०९ प्रतिशतले बढेर ३.१६ अर्ब रुपैयाँ देखिएको छ ।

निस्कृय कर्जा अनुपात ०.५१ प्रतिशत देखिएको छ भने प्रति सेयर आम्दानी (ईपीएस) १९.०१ रुपैयाँ देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment