+
+
Shares

गण्डकीमा मन्त्रिपरिषद् विस्तार, दीपक मनाङ्गे बने मन्त्री

अनलाइनखबर अनलाइनखबर
२०७८ वैशाख १६ गते १६:२०

१५ वैशाख । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्रिपरिषद् विस्तार गरेका छन् । मुख्यमन्त्री गुरुङले स्वतन्त्र सांसद दिपक मनाङ्गे भनेर चिनिएका राजिव गुरुङलाई मन्त्री बनाएका हुन् ।

उनले शुक्रबार नै पद तथा गोपनियताको सपथ लिएका छन् ।

प्रदेशमा यसअघि युवा तथा खेलकुद मन्त्रालय थिएन । तर मनाङ्गेलाई मन्त्री बनाएसँगै सामाजिक विकास मन्त्रालय फुटाएर नयाँ मन्त्रालयका रुपमा युवा तथा खेलकुद बनाइएको छ ।

माओवादी केन्द्रका मन्त्रीले राजीनामा दिएपछि रिक्त भएको आन्तरिक मामिला तथा कानून, भौतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेतलाई दिइएको छ भने भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय मुख्यमन्त्री गुरुङ आफैंले राखेका छन् ।

सरकार दुई हप्तामै जानसक्छ

नवनियुक्त मन्त्री मनाङ्गेले वर्तमान सरकार दुई सातामै ढल्नसक्ने बतँएका छन् । तर चुनावमा मुख्यमन्त्रीले आफूलाई सहयोग गरेकाले गुन तिरेको उनले बताए ।

पदभार ग्रहणपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै मन्त्री मनाङ्गेले यो सरकार दुई सातामा पनि ढल्न सक्ने बताए । तर छोटो समयमा चेन्ज ल्याउन सक्ने भएकाले मन्त्री भएको भन्दै उनले भने, ‘यो सरकार काम नै छैन किनकी यो दुई हप्तामा जानसक्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?