
१९ वैशाख, काठमाडौं । प्रहरीले सोलुखुम्बुमा भरुवा बन्दुकसहित एकजनलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोताङ गाउँपालिका–१ का ३४ वर्षीय दिलबहादुर भन्ने गंगाबहादुर गिरी छन् ।
जिल्ला प्रहरी प्रमुख डीएसपी कवित कटवालका अनुसार स्थानीय पावै सामुदायिक वनमा दुई दिनअघि बन्दुक पड्केको आवाज सुन्नासाथ प्रहरी चौकी वाकुको टोली घटनास्थल गएर घेराबन्दी गरेको थियो । त्यसक्रममा प्रहरीलाई देख्नासाथ घटनामा संलग्न भाग्न खोजेको अवस्थामा गिरी पक्राउ परेका हुन् । अन्य केही व्यक्ति फरार छन् ।
घटनास्थलबाट ३ वटा भरुवा बन्दुक, त्यसमा प्रयोग हुने ८ सय ग्राम बारुद, फलामको टुक्रालगायत पनि बरामद भएको कटवालले बताए ।
उनका अनुसार जिल्लाका जंगलहरुमा मृत, बँदेल, भालु, कालिज लगायतका संरक्षित जंगली जनवार र पन्छीहरुको चोरी शिकारी हुने गरेको छ । त्यसमा निगरानी बढाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4