+
+
Shares

मारुती सिमेन्ट बन्यो ५३ ग्रेडको ओपीसी सिमेन्ट

अनलाइनखबर अनलाइनखबर
२०७८ वैशाख १९ गते १४:३१

मारुती सिमेन्टले नेपालकै पहिलो ५३ ग्रेडको ओपीसी सिमेन्ट बन्न सफल भएको दावी गरेको छ । हालै मात्र नेपाल सरकारले सिमेन्टको ग्रेड उल्लेख गर्न मिल्ने निर्णय गरे अनुरुप नेपाल गुणस्तर विभागबाट सम्पूर्ण मापदण्ड प्रमाणित गर्दै मारुती सिमेन्ट सर्बशाक्तिशाली ५३ ग्रेडको गुणस्तरीय ओपीसी सिमेन्ट उत्पादन गर्ने नेपालकै पहिलो कम्पनी बन्न सफल भएको हो ।

यो भन्दा अघि नै ४३ ग्रेडको ओपीसी सिमेन्ट उत्पादन गरिरहेको यो कम्पनी दुवै ५३ र ४३ ग्रेडको गुणस्तरीय ओपीसी सिमेन्ट उत्पादन गर्ने नेपालकै पहिलो कम्पनी पनि बन्न सफल भएको कम्पनीको दावी छ । अब यो सिमेन्ट नेपालकै सर्वाधिक विश्वसनीय ब्रान्डको रुपमा स्थापित भएको कम्पनीले दावी गरेको छ ।

मार्केटिङ प्रमुख राजु श्रेष्ठले यसको मुख्य श्रेय सम्पूर्ण उपभोक्ताहरू, कन्ट्रयाक्टरहरु, इन्जिनियरहरु, शुभ–चिन्तकहरु तथा मारुती सिमेन्टसँग आबद्ध सम्पूर्ण सुरक्षाकर्मीहरुलाई दिन चाहेको बताए । उनले आगामी दिनहरुमा पनि अझ दरिलो विश्वासका साथ् आफ्नो गुणस्तरलाई अझ निखार्दै र मजबुत बनाउँदै समृद्ध नेपाल बनाउने कार्यदिशामा सदैव अग्रसर रहिरहने बताए ।

मारुती सिमेन्ट आज भन्दा १५ वर्ष अगाडि नेपालकै पहिलो तथा निजी स्तरको सबैभन्दा ठूलो सिमेन्ट उत्पादन गर्ने स्वदेशी उद्योगको रूपमा स्थापना भएको थियो । पूर्वाञ्चलको उदयपुर पहाडी रेन्जमा रहेको आफ्नै चुनढुङ्गा खानीबाट अत्याधुनिक जर्मन टेक्नोलोजीद्वारा अन्तर्राष्ट्रिय स्तरको सर्वोत्कृष्ट ओपीसी सिमेन्ट (मारुती सिमेन्टको उत्पादन भइरहेको छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?