Comments Add Comment

संवैधानिक परिषदसम्बन्धी अध्यादेश ल्याएकाेमा देउवाको आपत्ति

२१ वैशाख, काठमाडौं । सरकारले संवैधानिक परिषदसम्बन्धी अध्यादेश ल्याएकाेमा नेपाली कांग्रेसले विरोध जनाएको छ । मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक परिषद्‌ (काम कर्तव्‍य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्‍यादेश, २०७८ सहितका ७ वटा अध्यादेश जारी गरेकी छन् ।

कांग्रेस सभापति शेरबहादुर देउवाले विज्ञप्ति निकालेर संसदको बजेट अधिवेशन बोलाउन ढिला भैरहेको अवस्थामा संसदलाई छलेर अध्यादेशमार्फत शासन चलाउने सरकारको कार्यशैली घोर आपत्तिजनक भएको बताएका छन् । ‘संवैधानिक परिषद् सम्बन्धी अध्यादेश लगायत ७ वटा अध्यादेश ल्याउने सरकारको निर्णयको नेपाली कांग्रेस घोर भर्त्सना गर्दछ’ देउवाले भनेका छन् ।

यसअघि सरकारले गत मंसीरमा संवैधानिक परिषदसम्बन्धी अध्यादेश ल्याई अख्तियार दुरुपयोग अनुसन्धान आयोग, निर्वाचन आयोग, राष्ट्रिय मानवअधिकार आयोगसहित विभिन्न संवैधानिक आयोगमा पदाधिकारी नियुक्त गरेको थियो ।

प्रधानमन्त्रीको अध्यक्षतामा हुने संवैधानिक परिषदमा विपक्षी दलका नेता, सभामुख, राष्ट्रियसभा अध्यक्ष, प्रधानन्यायाधीश र उपसभामुख सदस्य हुने व्यवस्था छ । सरकारले अध्यादेशमार्फत यीमध्ये तीन जना उपस्थित भए पनि बैठक बस्न र निर्णय गर्न सक्ने व्यवस्था गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment