+
+
Shares

अमलेखगञ्ज डिपोबाट हप्ताको तीन दिन इन्धन वितरण हुने

अनलाइनखबर अनलाइनखबर
२०७८ वैशाख २६ गते १५:२४
फाइल तस्वीर

२६ वैशाख, काठमाडौं । नेपाल आयल निगमको प्रमुख इन्धन वितरण डिपो अमलेखगञ्जबाट साताको तीन दिन मात्रै इन्धन वितरण हुने भएको छ ।

एक सूचना जारी गर्दै कार्यालयले अबदेखि साताको तीन दिन आइतबार, बुधबार र शुक्रबार मात्रै इन्धन वितरण गरिने जानकारी दिएको हो । कर्मचारीको स्वस्थ्य अवस्था र स्थानीय प्रशासनको आग्रह बमोजिम सातामा तीन दिन मात्रै इन्धन वितरण गर्न निर्णय गरिएको कार्यालयले जनाएको छ ।

स्थानीय पम्प तथा निगमका डिपोहरुलाई पनि सोहीअनुसार इन्धन भर्ने व्यवस्था गर्न आग्रह गरिएको निगमका प्रादेशिक कार्यालय प्रमुख इन्जिनियर प्रदीपकुमार यादवले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?