
१४ जेठ, काठमाडौं । काठमाडौं उपत्यकामा थप गरिएको निषेधाज्ञामा शुक्रबारदेखि कडाइ गरिएको छ । थप एक साताको लागि तोकिएको निषेधाज्ञालाई प्रभावकारी बनाउनको लागि बिहानैदेखि नेपाल प्रहरी र ट्राफिक प्रहरीहरू खटिएका छन् ।
बिहानैदेखि काठमाडौंमा झरी परिरहेको छ । झरीमा रुझ्दै प्रहरीहरूले अत्यावश्यक बाहेक अरू सवारी र व्यक्तिलाई समेत होल्डिङ सेन्टरमा राखिरहेका छन् ।
शुक्रबारबाट लागू भएको निषेधाज्ञामा किराना पसल खोल्न नपाउने, अत्यावश्यक बाहेक हिँडडुल गर्न नपाउने, मर्निङ वाक र इभिनिङ वाकमा हिँड्न नपाइँने जस्ता प्रतिबन्धात्मक व्यवस्थाहरू गरिएका छन् । निषेधाज्ञा सम्बन्धी नियम उल्लंघन गरेमा पैदल यात्रीदेखि व्यापारीसम्मलाई आर्थिक जरिवानासम्म गराउने नीति लिइएको प्रहरीले जनाएको छ ।
लेखकको बारेमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4