Comments Add Comment

स्व. महेन्द्रनारायण निधीको नाममा आवास योजना सञ्‍चालन गर्न २० करोड बजेट

१ असार, जनकपुरधाम । कांग्रेस सरकारमा आए लगत्तै प्रदेश-२ मा आफ्नो नेताको नाममा योजना शुरु गरेको छ ।

जनता समाजवादी (जसपा) र कांग्रेसको संयुक्त सरकार रहेको प्रदेश-२ मा कांग्रेस नेता स्वर्गीय महेन्द्रनारायण निधीको नाममा योजना शुरु गरिने भएको छ । कांग्रेस केही दिनअघि मात्रै सरकारमा सहभागी भएको छ । उसले तीन वटा मन्त्रालय पाएको छ ।

मंगलबार अर्थ मन्त्री विजय यादवले प्रस्तुत गरेको आगामी आर्थिक बर्ष २०७८/७९ को बजेटमा स्व. निधीको नाममा आवास योजना शुभारम्भ गरिने उल्लेख छ । यसका लागि रु २० करोड बजेट छुट्टयाइएको छ ।

प्रदेशभित्रका विपन्न नागरिकलाई लक्षित गरी सुरक्षित आवास उपलब्ध गराउने यो योजना रहेको प्रदेश सरकारले जनाएको छ ।

प्रदेशमा संचालनमा रहेका दलित, गरीब आवास निर्माण कार्यलाई निरन्तरता दिदैं त्यसका लागि रु ८ करोड विनियोजन गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment