Comments Add Comment

ओलीले प्रधानमन्त्री वा अध्यक्षमध्ये एक पद छाड्नुपर्ने माधव पक्षीय युवा संघको माग

१ असार, काठमाडौं । नेकपा एमालेका नेता माधवकुमार नेपाल समूह निकट युवा संघ बागमती प्रदेश कमिटीले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई एक पद छाड्न माग गरेका छन् । मंगलबार वक्तव्य जारी गर्दै अध्यक्ष वा प्रधानमन्त्रीमध्ये एक पद छाड्न आग्रह गरेका हुन् ।

पार्टीमा ‘एक व्यक्ति एक पद’ कायम गर्न एक पद छोड्न माग गरिएको वक्तव्यमा उल्लेख छ । ‘एक व्यक्ति, एक पदलाई कायम गर्ने गरी अध्यक्ष तथा प्रधानमन्त्री कमरेड केपी ओलीलाई अध्यक्ष वा प्रधानमन्त्री कुनै एक पदबाट राजीनामा दिएर पार्टी एकताको पक्षमा उभिन र आम कार्यकर्तामा पार्टी एकताको सन्देश प्रवाह गर्नको लागि जोडदार माग गर्दछौं,’ वक्तव्यमा उल्लेख छ ।

अदालतको फैसला अनुसार २०७५ जेठ २ गतेको पार्टी कमिटीलाई क्रियाशील बनाउन माग गरिएको वक्तव्यमा संसद विघटनको निर्णय गलत भएको स्वीकार्नसमेत आग्रह गरिएको छ ।

हेर्नुहोस् प्रेस वक्तव्य

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment