News Summary
Generated by OK AI. Editorially reviewed.- एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न उठाउँदै सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न चुनौती दिएका छन्।
- उनले बैठक सञ्चालनमा परम्परा तोडिएको भन्दै पार्टी पुनर्गठनसम्बन्धी प्रतिवेदन नआइकन केन्द्रीय समितिमा थप छलफलको औचित्य नरहेको बताए।
- सोमबारबाट सुरू भएको बैठकमा अध्यक्ष ओलीले आफैं बैठक चलाइरहेका छन् र गैरेले त्यसैको विरोध गरेका हुन्।
६ असोज, काठमाडौं । एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न उठाउँदै यस्तै शैली कायम राख्ने हो भने सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न चुनौती दिएका छन् ।
बैठक सञ्चालनमा समेत परम्परा तोडिएको भन्दै उनले यस्तै शैलीले पार्टी चल्न नसक्ने धारणा राखेका थिए । ‘अब बैठक पनि आफैं चलाउने, स्वागत पनि आफैं गर्ने, नाम पनि आफैं बोलाउने! यो यसले राम्रो गरेन’
उनले मंगलबारको बैठकमा भने,’ यदि यस्तो हो भने अरु पदाधिकारी किन चाहियो ? खारेज गरेर एकल अध्यक्ष बनाऊँ र अरू सबैलाई सदस्य बनाउँ ।’
उनले पार्टी पुनर्गठनसम्बन्धी प्रतिवेदन बैठकमा ल्याउन माग गरेका छन् ।
यो प्रतिवेदन नआइकन केन्द्रीय समितिमा थप छलफलको औचित्य नरहेको उनको धारणा थियो ।
सोमबारबाट सुरू भएको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले आफैं बैठक चलाइरहेका छन् ।
प्रतिक्रिया 4