+
+
Shares
राजनीतिक प्रतिवेदन :

अमेरिका र भारतबीच बढ्दो सुरक्षा सहकार्यले सन्देह पैदा गरेको छ : ओली

ओलीले भनेका छन्, ‘चीनको शान्तिपूर्ण उदय यस ऐतिहासिक चरणको महत्वपूर्ण पक्ष हो । भारतले पनि स्वतन्त्रता पश्चात् महत्वपूर्ण प्रगति हासिल गरेको छ र विश्व शक्तिको आकांक्षा राखेको छ ।’

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज ५ गते १५:१२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटी बैठकमा प्रस्तुत राजनीतिक प्रतिवेदनमा अमेरिका र भारतबीच बढ्दो सुरक्षा सहकार्यले सन्देह पैदा गरेको उल्लेख गरे।
  • ओलीले चीनको शान्तिपूर्ण उदयलाई ऐतिहासिक चरणको महत्वपूर्ण पक्ष बताउँदै एसियाको उदयले अवसर र चुनौती दुवै प्रस्तुत गरेको लेखे।
  • उनले छिमेकीहरूसँग भारतका विभिन्न मुद्दाहरू समाधान नभएको पनि आफ्नो प्रतिवेदनमा उल्लेख गरे।

५ असोज, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अमेरिका र भारतबीच बढ्दो सुरक्षा सहकार्यले सन्देह पैदा गरेको टिप्पणी गरेका छन् ।

आजबाट सुरु भएको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष ओलीले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा चीनको शान्तिपूर्ण उदय ऐतिहासिक चरणको महत्वपूर्ण पक्ष भएको उल्लेख गरेका छन् ।

‘विश्व अर्थतन्त्र, नवप्रवर्तन र जनसङ्ख्याको केन्द्रबिन्दुका रुपमा एसियाको उदयले महत्वपूर्ण अवसर र विशिष्ट चुनौती प्रस्तुत गरेको छ,’ ओलीले भनेका छन्, ‘चीनको शान्तिपूर्ण उदय यस ऐतिहासिक चरणको महत्वपूर्ण पक्ष हो । भारतले पनि स्वतन्त्रता पश्चात् महत्वपूर्ण प्रगति हासिल गरेको छ र विश्व शक्तिको आकांक्षा राखेको छ ।’

यद्यपि, छिमेकीहरुसँग भारतका विभिन्न मुद्दाहरू समाधान नभएको ओलीले आफ्नो प्रतिवेदनमा उल्लेख गरेका छन् ।

उनले यही प्रसंगमा थप्दै लेखेका छन्, ‘अमेरिका र भारत बीच बढ्दो सुरक्षा सहकार्यले सन्देह पैदा गरेको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?