५ असोज, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद आशिष गजुरेलले ‘विकासको लागि लगानी नभएर नेपाल छटपाइरहेको’ बताएका छन् । गैरआवासीय नेपाली नेपालमा लगानी गर्न इच्छुक रहेको पनि उनले सुनाए ।
प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद गजुरेलले विद्यमान एन, कानुन र प्रक्रियाले गर्दा नेपालमा लगानी गर्न गा्रहो छ भनेर उनीहरूले भनिरहेको बताए ।
अहिले सरकारले गैरआवासीय नेपालीको सन्दर्भमा विधेयक बन्दै गरेको जानकारीमा रहेको उनले बताए ।
उनले भने, ‘तर हामी ६ महिना भइसक्यो सरकारमा आएको । तैपनि त्यो अझसम्म त्यो विधेयक आएको छैन । चाँडै ल्याउन म सरकारको ध्यानाकर्षण गराउन चाहन्छु ।’
अब बन्ने एनआरएनसम्बन्धी विधेयकले रेमिट्यान्स आउने साधन मात्रै नभएर ज्ञान, सिप, प्रविधि र लगानी भित्रिने अवस्था बनाउनुपर्ने उनको आग्रह छ । सम्पतिको अधिकार, व्यवसायिक सुरक्षा र प्रशासनिक प्रक्रिया सहज बनाइनुपर्ने उनले आग्रह गरे ।
प्रतिक्रिया 4